प्रचण्ड बने नेकपा संसदीय दलको नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन ।
आज दिउँसो बानेश्वरमा बसेको बहुमत सदस्य सहभागी संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाइ दाहाललाई चयन गरेको सांसद योगेश भट्टराईले जानकारी दिएका छन ।
त्यस्तै हिजो बसेको नेकपा प्रचण्ड — नेपाल समुहको बहुमत केन्द्रीय कमिटी सदस्य सहभागी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।