२५ वाणिज्य बैंकको लाभांश: धेरै दिने नबिल बैंक, कम दिने सेञ्चुरी बैंक, सिभिलले घोषणा गरेन

काठमाडौं । आर्थिक वर्ष २०७६।०७७ का लागि हालसम्म नेप्सेमा सूचीकृत २६ वटा बैंकले लाभांश घोषणा गरेका छन्। तीमध्ये, केहीको साधारण सभा सम्पन्न भएर लाभांश पनि पारित भइसकेको छ भने केही बैंकहरू सभा गर्ने तयारीमा छन् । सिभिल बैंकले भने हालसम्म लाभांश घोषणा गरेको छैन् । बैंकले केहि दिनमा नै लाभांश घोषणा गर्ने छ ।
हालसम्म घोषणा भएको तथ्यांक हेर्दा सबैभन्दा धेरै लाभांश दिने बैंक नबिल बैंक रहेको छ । सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ ।
१. एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांस दिने छ । १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश साधारणसभाबाट स्वीकृत भइसकेको छ ।
२. कुमारी बैंक लिमिटेड
कुमारी बैंकले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।
३. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंकले १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
४. नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंकले मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने छ ।
५. बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
६. सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस सेयर र नगद लाभांश ३.३ प्रतिशत नगद लाभांश समेत गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्सले प्रस्ताव गरेको संशोधित लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
७. हिमालयन बैंक लिमिटेड
हिमालयन बैंकले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
८. सनराइज बैंक लिमिटेड
सनराइज बैंकले ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने छ ।
९. एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकले ५.५३ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् ।
१०. सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् ।
११. प्रभु बैंक लिमिटेड
प्रभु बैंकले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरि कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने छ ।
१२. माछापुच्छ्रे बैंक लिमीटेड
माछापुच्छ्रे बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुने छ ।
१३. स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपछि र वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने छ ।
१४. नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद (कर प्रयोजनका लागि)० गरी कुल ८।४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
१५. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने छ ।
१६. सेन्चुरी कमर्सियल बैंक
सेन्चुरी कमर्सियल बैंकले ५.२५ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी २.२५ प्रतिशत नगद लाभांश गरी कुल ७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
१७. कृषि विकास बैंक
कृषि विकास बैंकले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
१८. एनसीसी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसि)
एनसिसि बैंकले १०.२६ प्रतिशत बोनस र ०.५४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १०.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
१९. नेपाल बैंक लिमिटेड
नेपाल बैंकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरि १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
२०.मेगा बैंक लिमिटेड
मेगा बैंकले १० प्रतिशत बोनस सेयर र र ३.०५ प्रतिशत नगद लाभांश गरि कुल १३.०५ प्रतिशत लाभा.श वितरण गर्ने भएको छ ।
२१. लक्ष्मी बैंक
लक्ष्मी बैंकले ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनिले पाउने छन् ।
२२. प्राइम कमर्शियल बैंक लिमिटेड
प्राइम कमर्शियल बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
२३. नबिल बैंक लिमिटेड
नबिल बैंकले ३३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरि कुल ३३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
२४. एनएमबि बैंक लिमिटेड
एनएमबि बैंकले १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
२५. सानिमा बैंक लिमिटेड
सानिमा बैंकले बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश वार्षिक साधारण सभाले अनुमोदन गरिसकेको छ ।