सेयरधनीलाई यसै वर्ष लाभांश दिन्छौ: सीईओ पराजुली « Arthapath.com
९ पुष २०७७, बिहीबार

सेयरधनीलाई यसै वर्ष लाभांश दिन्छौ: सीईओ पराजुली



  • कोभिडले १६ प्रतिशत पोलिसी ल्याप्स भयो ।
  • विजनेश भोल्युमको हिसाबले चुक्ता पुँजी तोकिनुपर्छ ।
  • बैंकले पनि कर्पोरेट क्लाइन्टको व्याज तलै हुनुपर्छ भन्ने मे
  • न्टालिटी छाड्नुपर्छ ।
  • हामीले कमाएको नाफा पनि आखिर जनतामै जाने त हो नि ।
  • नेपालमा लिक्विडिटी आउन र हराउन समय लाग्दैन ।

प्रविण रमण पराजुली, सीईओ, रिलायन्स लाइफ इन्स्योरेन्स लि.

प्रविण रमण पराजुली
सीईओ
रिलायन्स लाइफ इन्स्योरेन्स लि.

अहिले लाइफ इन्स्योरेन्सको सेयरमा निक्कै आकर्षण देखिएको छ । किन ?

अहिले विगत ३/४ वर्षदेखी लाइफ इन्स्योरेन्सको व्यवसाय विस्तारको हिसाबले हेर्दा एकदमै राम्रो छ । अहिले पनि जिवन बीमामा २३ प्रतिशतको हाराहारीको कभरेज छ भन्छौँ । बजार अझै भर्जिन छ । हामीले अपेक्षा गरेको भनेको ५०र६० प्रतिशतसम्म हुनुपर्छ भन्ने हो । अझै धेरै ग्रोथ हुन बाँकी छ । अर्को जीवन बीमा एकदमै क्लिन बिजनेश पनि हो । यसमा अस्वभाविक ग्रोथ पनि हुँदैन र डाउन पनि हुँदैन । दिर्घकालिन लगानीको हिसाबले लाइफ इन्स्योरेन्स आफैमा स्टेवल छ । क्यापिटल मार्केटमा पनि बैंक वित्तिय क्षेत्र, जलविद्युत पछि लाइफ इन्स्योरेन्सकै होल्ड छ नि । यी सेक्टरमध्ये ग्रोइङ सेक्टरचाँही लाइफ इन्स्योरेन्स भएको हुनाले यसमा बढि अपरच्युनिटी छ । 

जीवन बीमा क्षेत्रको राम्रो ग्रोथ छ भन्नुभयो, रिलायन्स लाइफको ग्रोथचाहिँ कस्तो छ ?

हामी गतवर्षको डेटालाई हेर्दा हाम्रो आजसम्मको लाइफ फन्ड १ अर्ब ११ करोड पुग्यो । ५१ हजार पोलिसी बिक्री गरिसकेका छौं । गत आवको नाफा ४ करोड ६९ लाख रहेको छ । बीमा समितिमा भ्यालुएसनको लागी पठाएका छौं । यस आवको पहिलो क्वाटरमा ३ करोड १ लाख नाफा भएको छ । अहिलेको क्वाटरलाई हेर्दा पनि राम्रो ग्रोथ भैरहेको छ । पहिला हामीलाई कष्टको फ्याक्टरको हिट गरिरहेको थियो । यो क्वार्टरदेखि कष्ट पनि धेरै तल आइसकेका छौं । हाम्रो बिजनेश पनि राम्रो ग्रोथ छ भने अव आगामी दिनमा राम्रो रिटर्न दिने हिसाबले अगाडि बढेका छौं । 

कोरोनाको कारणले जीवन बीमा क्षेत्रलाई असर पारेको छैन ?

सबै क्षेत्रमा असर परेको छ, कुन क्षेत्रमा असर छैन भन्नुहोस् त रु यत्रो १० महिना माइक्रो इकोनमी एकदमै कठिन अवस्थामा थियो । हामी अहिलेपनि माक्स लगाएरै कुरा गरिरहेका छौं । कोरोनाको कतिपय क्षेत्रमा पोजेटिभ असर छ भने कतिपय क्षेत्रमा नेगेटिभ असर छ । सबै ठाउँमा नेगेटिभ छ भन्न पनि मिल्दैन । हिजोको दिनमा इन्स्योरेन्सबारे पव्लिकलाई बुझाउन कति कठिन थियो । हिजोको दिनका इन्स्योरेन्स गराउन धेरै इभेन्ट पार्नुपथ्र्यो । आजको दिनमा इन्स्योरेन्सको महत्व कोरोनाले आफै थपिदिएको छ । त्यो अपरच्युनिटी हो । च्यालेन्ज कहाँ छ भन्दा नयाँ इन्स्योरेन्सको पोलिसी ल्याउन छ । किनभने कतिको बिजनेश बन्द भएको छ कमाइनै भएन भने यसको बिमाको प्रिमियम कसरी तिर्छ रु पहिला भन्दा ल्याप्स पोलिसीहरू बढेको छ । त्यसको कन्टिन्यु गर्नुपर्ने चुनौती छ । नयाँ पोलिस लिने क्यापासिटी पनि कम भएको छ । तर अवेयरनेस भने बढाएको छ । 

बीमा गरेका व्यक्तिले प्रिमियम तिर्न सकेका छैनन्, यसले बीमा क्षेत्रमा ह्रास आउला नी ?

रिनुअल पनि आएको छ तर ल्याप्स पोलिसि पनि बढेको छ । संस्थाको केशमा पनि त्यै हो । अहिले बजार अलि सहज भएपछि पहिलेभन्दा ल्याप्स इस्युहरु घटेको पाएका छौं । हामी अपरेसनको तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा छौं । अहिलेसम्म ल्याप्स पोलिसीको लागी रिपेमेन्टको अपरच्युनिटी दिएका थिएनौं । गत मंसिर १ गतेदेखि मसान्तसम्म प्रिमियम तिर्न नसकेकाहरूको लागी छुट सहित तिर्ने अवसर दिएका थियौं । त्यो पनि अहिले पुन १ महिना थपेर पौष मसान्तसम्म सतप्रतिसत पेनाल्टी छुट गरेर अहिले पनि ल्याप्स पोलिसीको प्रिमियम तिर्न सकिने व्यवस्था मिलाएका छौं । पेनाल्टी पनि सबै छुट गरेका छौं । यसमा राम्रो आकर्शण देखिएको छ । 

प्रिमियम कन्टीन्यू नभएका पोलिसी अहिले होल सेक्टरमा कति होला ?

रिलायन्सको केसमा कोभिड अगाडि ५ प्रतिसत ल्याप्स थियो । कोभिडको कारण बढ्दै १६ प्रतिसत पुग्यो ल्याप्स पोलिसीको प्रतिसतका हिसाबले । अहिले राम्ररी घटाउने अभियानमा छौं । अहिले घटाइरकेका छौं । 

राष्ट्र बैंककले मुद्धती र वचतको व्याज ५ प्रतिसतमा राख्ने भनेर निर्देशन दियो । बीमा कम्पनीहरुको ठुलो फण्ड एफडीमा हुन्छ, यसले ठुलो असर गर्ने देखियो नि होइन ?

यसलाई कसरी हेर्ने भन्ने कुरा पनि हो । राष्ट्र बैंकले पनि आजको दिनमा मुद्धतीको रेट घटाउ भनेको होइन । संस्थागत रुपमा राष्ट्र बैंककले एफडिको रेट घट्ने होइन सेभिङ्सको न्यूनतम रेट कम छ भन्ने आसयले आएको हो । सेभिङ्सको रेट डेढ दुई प्रतिसतमा थियो भने सातरसाँढे सात प्रतिसतमा हालेको देखियो । यो सिनारियो लामो समय रहँदैन । कोरोनाले गरेको अषरबाट इकोनमी विस्तारै रिभाइभ भैरहेको छ । बजारमा चहल पहल भैरहेको छ । भ्याक्सीन विकसित देशहरुले दिन थालिसकेका छन । १र२ महिनामा नेपालमा पनि भ्याक्सीन आउँछ । अहिले बैंकहरुमा कर्जाको डिमाण्ड बढिसकेको छ । सरकारको आन्तरीक ऋण पनि बढिरहेको छ । एक्सेस लिक्वीडिटीले यी सिनारियोहरु जन्माएको हो । बजारमा लिक्वीडिटी आउन पनि धेरै समय लाग्दैन र हराउन पनि धेरै समय लाग्दैन । 

यसले बीमा कम्पनीको प्रोफिटमा हिट गर्दैन ?

मिनिमम् रेटहरु बजारमा स्थापित भएन भने अवश्य हिट गर्छ । बीमा कम्पनीहरुले प्रिमियमको माध्यामबाट सानो भन्दा सानो कलेक्सनहरु गरिरहेका छन । देशको कुना कन्दराबाट ल्याएर पैसा बैंकमा जम्मा गरेका छौं । कर्पोरेटको केसमा अलिहकती तलै हुनुपर्छ भन्ने म्यान्टालिटीबाट पर हुनुपर्छ । हामीले ल्याएको बेनिफिटहरु मान्छेको घरमा भएको पैसालाई संस्थागतरुपमा निक्षेपको रुपमा ल्याउने काम आजको दिनमा बिमा क्षेत्रलेनै गरेको हो । दोस्रो कुरा हामिले दिने बेनिफिट पोलिसी होल्डर्सलाई ९० प्रतिसत र सेयरधनीलाई १० प्रतिसत जान्छ । पोलिसी होल्डर भनेको सर्वसाधारण जनतानै हुन नि । ठुलो बेनिफिट चाँही पोलिसी होल्डर्सलाईनै छ नि । यसलाई हेर्ने दृष्टिकोण चेन्ज हुनुपर्यो । हाम्रो इन्भेष्टमेन्ट गाइड लाइनले हातखुट्टा बाधिएको छ । हामीले सोचेको ठाउँमा लगानी गर्न पाउँदैनौं । अर्कोतिर त्यो सेक्टरमा जाने सोर्स ठुलो छ । यस्तो सेक्टरले ठुलो डिपोजिट राख्दा इफेक्टिभ रेट÷रिर्टन दिनुपर्छ छ । अन्य कुनै लगानीको क्षेत्र नि छैन बीमा क्षेत्रसंग । केही भएकामा पनि बीमा समितिको सटेन गाइडलाइनले दिँदैन । 

कोरोनाले घटेको बीमाको क्षेत्रलाई बढाउने स्टाटेजि के हो त बीमा कम्पनीसंग ?

घटेको भन्न मिल्दैन । हरेक वर्षको अन्त्यको ग्रोथ हेर्दा घटेको छैन । यस्तो समयमा पनि बीमा क्षेत्रलाई ग्रोथ दिइरहेका छौं । यस्तो च्यालेन्जको टाइममा पनि बजारमा गैरहेका छौं । प्रिमियम कलेक्सन गरिरहेका छौं । देशको इकोनोमीमै योगदान दिइरहेका छौं । अहिलेको जागरणलाई लिएर फ्रि मोभमेन्टमा अझै बढाउनुपर्छ । 

नेपाल जस्तो सानो देशमा १९ ओटा जीवन बीमा कम्पनी धेरै भए भनिन्छ, के मर्जरमा जानुपर्ने अवस्था आएको हो ?

९ ओटा पुरानो थिए १० ओटा नयाँ थपिए । बीमा समितिले मर्जरको गाइडलाइन निकालीसकेको छ । पहिलो कुरा लाइसन्स लिएर आइसकेपछि उनिहरले बीमाको अवरनेस र प्रिमियम कलेक्सनमा कस्तो रोल खेलिरहेका छन र बीमा क्षेत्रको दायरा बढाउन खेलेको भुमिका पनि हेर्नुपर्छ । कभरेज त बढेको छ नि । राज्यको तहबाट हेर्दा बिमाको दायरा बढेर फाइदा कसलाई भयो भन्दा राज्यलाईनै हो नि । आजकै दिनमा मर्जरमा गैहाल्नुपर्छ भन्ने जरुरी छैन । स्टाटेजी रुपमा कन्सल्टेसन गर्न जहिल्यै पनि ओपन छ नि । बीमा समितिको कुनै गाइडलाइनले मर्जरमा जान रोकेको छ र रु बीमा कम्पनीले आजको दिनमा आफुलाई आफ्नो ठाउँमा उभ्याएर काम गरिरहेका छौं । 

अहिले बीमा क्षेत्रमा पुँजीबृद्धि गर्नुपर्ने चर्चा चलिरहेको छ, कुनै जीवन बीमा कम्पनीको ६ अर्ब कुनैको २ अर्ब छ नि ?

पुँजीलाई चाँही हामीले कुन साइजको बिजनेश गरिरहेका छौं त्यो दृष्टिले हेरौँ न । संस्था कति म्याचोड भैसकेको छ, कुन खालको रिक्स उसले बेयर गरिसकेको छ त्यो हेर्नुपर्यो नि । भोली रिक्स वेस विजनेसमा हामी गयौ भने त्यै अनुसारको संस्थाको क्यापाविलिटी पनि बढाउनुपर्छ । अटोमेटिक रुपमा बीमा कम्पनीको बिजनेश भोल्युमको हिसाबले ६ किन पुँजी १२ अर्ब पनि चाहिने हुनसक्छ । कुनैलाई दुई अर्वकै रिक्वायरमेन्टले पुगेको छ भने ६ किन चाहियो रु रिक्स वेस क्यापिटल भयो भने संस्था स्वत सेल्फ गर्भनेन्समा जान्छ । संस्था बलियो पनि हुन्छ । कुनैपनि निकायले यती क्यापिटल चाहिन्छ भन्नुभन्दा पनि सेल्फ रिक्वायरमेन्ट अनुसार बीमा कम्पनी अगाडि बढ्नुपर्छ । 

आइपिओ पनि सबैभन्दा पहिला ल्याउनुभयो, यसवर्ष लगानीकर्तालाई कति प्रतिसत दिने प्लान छ ?

हामीसंग दिनमिल्ने कमाएको नाफा छ । ४ करोड ६९ लाख प्रोफिट गत आवको छ । भ्यालुएसनको प्रोसेस भर्खर भैरहेको छ । संस्थाको क्यापासिटी र सेयरधनीलाई कति दिँदा अपेक्षा पुरा हुन्छ त्यसलाई संबोधन गर्छौं । समय आएपछि उचित समयमा निर्णय हुन्छ । हामी सेयरधनीलाई उचित प्रतिफल दिन सक्ने अवस्थामा छौं ।   


प्रतिक्रिया दिनुहोस्