१ वर्षमा २ अर्ब ५३ करोडको भ्रष्ट्राचार, प्रतिवादी १२१२ जनामध्ये ३ जना मन्त्री

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
उक्त प्रतिबेदनमा १ वर्षमा २ अर्ब ५३ करोड बढीको भष्ट्राचार मुद्दा दायर भएको उल्लेख गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले प्रतिवेदन पेश गरेका हुन् ।
आयोगले गत आर्थिक वर्षमा ४४१ वटा मुद्धाबाट १ हजार २१२ जनालाई प्रतिवादी बनाई २ अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ रुपैयाँ बराबरको बिगो मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ ।
प्रतिवादी १ हजार २१२ जनामध्ये ३ मन्त्री, विशिष्ट श्रेणीका ९ कर्मचारी, ३५५ जना अधिकृत स्तरका कर्मचारी, सहायक र सहायोगी स्तरका ४४०, निर्वाचित मनोनित पदाधिकारी ७० र ३३५ जना विचौलिया विरुद्ध मुद्या दायर गरेको जनाएको छ ।