आज इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आज इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै



काठमाडौं । इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन । डिसेम्बर २५ अर्थात आजकै दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट यिसुख्रिस्टको जन्म भएके थियो ।मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका गर्दछन ।

विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालीएको हो । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्