प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्दै, को-को बन्दै छन् मन्त्री ? « Arthapath.com
१० पुष २०७७, शुक्रबार

प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्दै, को-को बन्दै छन् मन्त्री ?



काठामडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद बस्तिार गर्ने बालुवाटार स्रोतको दाबी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै हुने बिहीबार बताएका थिए ।

पुस ५ गते सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले एकैपटक ७ जना मन्त्री थप्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्