गर्भनर अधिकारीद्धारा १ किलो अदुवा किनेर नक्साल तरकारी बजारमा क्यूआर कोडबाट कारोबार शुरु

काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा पवद्धन गर्न सानीमा बैंकले नक्साल तरकारी बजारमा क्युआर कोडबाट भूक्तानीको सुरुवात गरेको छ ।
शुक्रबार तरकारी बजारमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गर्भनर माहाप्रसाद अधिकारीले १ किलो अदुवा किनेर क्युआर कोडको सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै अधिकारीले नक्साल तरकारी बजार क्युआर कोड भुक्तानीमा सबैभन्दा अगाडी रहेको बताए ।

अब ठूला तरकारी बजार कालीमाटी, बल्खुमा पनि क्युआर कोडबाट भुक्तानी गर्ने माध्यम विकास गर्ने बताए । हाल नेपालमा मासिक ३० प्रतिशतका दरले क्युआर कोड भुक्तानीको माध्यम वुदि भएको बताए ।
त्यस्तै, सानिमा बैकंका प्रमुख कार्यकारी अधिकुत सिईओ भुवन कुमार दहालले डिजिटल नेपाल बनाउनको लागी यो क्युआर कोड भुतानीको माध्यमले थप सहयोग पुग्र्ने बताएका छन ।