मुक्तिनाथ बैंक र सानिमा माइको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंक र सानिमा माइ हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुबै कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि अर्थात पुस १३ गते बुकक्लोज गर्दै छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम यी कम्पनीका शेयरधनीहरुले लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता पनि जनाउन सक्ने छन् ।
मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशतका दरले बोनस शेयर र ४.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २५ गते चौधौँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटमा बिहान ११ बजे शुरु हुने छ ।
त्यसैगरी, सानिमा माइले ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते साधारण सभा बोलाएको छ ।