जीवन बीमा कम्पनीको साढे १६ अर्ब सेयरमा लगानी, सबैभन्दा बढि कसको ?

काठमाडौं । सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १६ अर्ब ३४ करोड ५० लाख २ हजार रुपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त लगानी गरेका हुन् । यसरी सूचीकत कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४० करोड ६७ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ३४ करोड ४ लाख ८१ हजार ४८१ रुपैयाँ लगानी गरेको छ भने नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३३ करोड ५८ लाख २८ हजार रुपैयाँ लगानी गरेको छ ।
बीमा समितिले जारी गरेको बीमकको लगानी निर्देशिका–२०७५ मा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधरण सेयरमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा निर्धारण गरेको छ । जसमा सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुनेगरी लगानी गर्न नपाइने व्यवस्था छ । समितिको सोही व्यवस्थाभित्र रहेर जीवन बीमा कम्पनीहरूले लगानी गरेका छन् ।
यसरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लगानी गर्ने अन्य कम्पनीमा एशियन लाइफले १ अर्ब ६६ करोड ७७ लाख ४४ हजार रुपैयाँ लगानी गरेको छ । अन्य कम्पनीहरूमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब २२ करोड ९१ लाख ४० हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले २५ करोड ४१ लाख ५ हजार रुपै याँ , गुँरास लाइफ इन्स्योरेन्सले २५ करोड ९६ लाख ४ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सले ९० करोड ८१ लाख ५८ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले २ करोड २८ लाख ६७ हजार रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्सले १० करोड ३५ लाख ६१ हजार रुपैयाँ, ज्योती लाइफले ४ करोड ६५ लाख ५६ हजार रुपैयाँ, सन्–नेपाल लाइफले १२ करोड ११ लाख ५० हजार रुपैयाँ, रिलायन्स लाइफले १ करोड ६४ लाख ५३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले १४ करोड १५ लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ ।
यता सिटिजन लाइफले १३ करोड ५५ लाख ६२ हजार रुपैयाँ, सानिमा लाइफले ४ करोड ७५ लाख ६२ हजार र प्रभु लाइफ इन्स्योरेन्सले ३० करोड ७८ लाख ८५ हजार रुपैयाँ सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गरेका छन् । समितिकाअनुसार मेट लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सेयरमा लगानी गरेका छैनन् ।सेयर बजार