रिलायन्स लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं १, बागमती ४ र लुम्बीनी प्रदेशका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक, क्षेत्रिय प्रबन्धक, उप शाखा प्रमुख, बजार प्रतिनिधिका लागि कर्मचारीको माग गरिएको छ ।
मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उतिर्ण गरेको र जीबन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रबद्र्धनमासम्वन्धि कार्य अनुभव भएको ब्यक्तिलाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप–शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
