पुनर्बीमा र तामाकोशीसहित यी दर्जनौं कम्पनीको सेयर धितो राख्न अयोग्य « Arthapath.com
१२ पुष २०७७, आईतवार

पुनर्बीमा र तामाकोशीसहित यी दर्जनौं कम्पनीको सेयर धितो राख्न अयोग्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिका दर्जनौ कम्पनीको सेयर धितो राख्न अयोग्य रहेको छ । नयाँ निर्देशिक अनुसार केही अहिले चर्चामा रहेका कम्पनीको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको हो । राष्ट्र बैंकले संशोधिन निर्देशिकामा ४ वटा व्यवस्था थपेको छ ।यसअघि ४ वटा व्यवस्था रहेको थियो । जसमा पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरू, व्यावसायिकरुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरू, विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरू, कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरूले सेयर धितो राखेर कर्जा नपाउने भनि व्यवस्था गरेको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार अब पुनर्बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, बिशाल बजार कम्पनीलगायतका कम्पनीको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको हो ।

पुनर्बीमा कम्पनीको सेयर कारोवार भएको २५० दिन पुगेको छैन । कुल कारोवार दिन नै २५० दिन हुनुपर्ने भएकाले यसका लागि सूचीकृत भएको कम्तीमा १ वर्ष पुग्नुपर्छ । यस्तै, अपर–तामाकोशी हाइड्रोपावर, रसुवागढी र सान्जेन हाइड्रोपावरलगायतका कम्पनी सञ्चालनमा नै नआएका र घाटामा रहेकाले यी कम्पनीको सेयरधितोमा पनि बैंकले कर्जा दिँदैन । यसबाहेक पुराना कम्पनी भएर पनि घाटामा रहेका नेशनल हाइड्रोपावर, खानीखोला र आँखुखोला जलविद्युत् कम्पनीजस्ता कम्पनीको सेयर पनि बैंकमा धितो राख्न अयोग्य छ ।

यस्तै, राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार केही जलविद्युत् कम्पनीको सेयर मूल्य अहिले बढिरहे पनि त्यस्ता कम्पनीको सेयर धितो राखेर कर्जा दिन नपाइने भएको छ । यस्तै, केही समय यता साधारण सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत भएका कम्पनीको सेयर धितो राखेर पनि कर्जा दिन नपाइने भएको छ ।

जनरल इन्स्योरेन्स, रिलायन्स लाइफ, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, एनआईसी लघुवित्त, साधाना लघुवित्त, माउन्टेन इनर्जी, यूनाइटेड इदी–मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको सेयर धितो राखेर कर्जा लिन पाइने छैन । यस्तै, अहिले आईपीओ जारी गरिरहेको प्रभु लाइफ इन्स्योरेन्सको सेयर धितो राखेर पनि कर्जा लिन पाइने छैन ।


प्रतिक्रिया दिनुहोस्