अघिल्लो बर्ष १७ प्रतिशत लाभांश दिएको गरिमा विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने « Arthapath.com
१२ पुष २०७७, आईतवार

अघिल्लो बर्ष १७ प्रतिशत लाभांश दिएको गरिमा विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने



काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश दिने भएको छ । पुस १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत नगद गरी १४.२१ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिउपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्