पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिए, ७३१ जना डिस्चार्ज भए « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिए, ७३१ जना डिस्चार्ज भए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आइतबार थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ ।हाल ३६९ सय जना क्वारेन्टाइनमा छन ।

पछिल्लो २४ घण्टामा ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्