मुक्तिनाथ र सानिमा माईको बोनसपश्चात शेयरमूल्य समायोजन

काठमाडौं । मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रोपावरको पुस १३ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण तथा साधारण सभाका लागि सोमबार बुकक्लोज गरेसँगै नेप्सेले बोनसलाई समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।
नेप्सेले मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ भने सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता ३०७ रुपैयाँ कायम गरेको छ । आइतबार दोस्रो बजारमा मुक्तिनाथको शेयर प्रतिकित्ता ३७९ रुपैयाँमा र सानिमा माईको ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यलाई आधार मानेर दुबै कम्पनीको सोमबार शेयर कारोबार खुल्ने छ ।