आइतबार स्थिर रहेको सुनचाँदीको मुल्य सोमबार ह्वात्तै बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१३ पुष २०७७, सोमबार

आइतबार स्थिर रहेको सुनचाँदीको मुल्य सोमबार ह्वात्तै बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ७ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुनचाँदीको मुल्य स्थिर रहेर छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मुल्य पनि स्थिर रहेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मुल्य पनि स्थिर रहेर तोलामा १२ सय ८० मा कारोबार भएको थियो ।

गत साता सुनको मूल्य १ सय रुपैयाँले मात्रै घटेको थियो । साताको पहिलो दिन आइतबार छापावाल सुन स्थिर रहेर ९४ हजार ३ सयमा कारोबार भएको थियो भने अन्तिम दिनसम्म आइपुग्दा १ सय रुपैयाँले घटेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत साता सोमबार ९ सय, बिहीबार र शुक्रबार १।१ सय रुपैयाँले बढेर जम्मा ११ सय रुपैयाँले बढेको थियो भने मंगलबार ३ सय र बुधबार ९ सय रुपैयाँ गरि १२ सय रुपैयाँले घटेको थियो । यसरि गत साता जम्मा १ सय रुपैयाँ मात्रै घटेको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य तोलाको १ सय रूपैयाँले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य स्थिर रहेर १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्