नेपाल आयल निगमले १ बर्षको अबधीमा १३ अर्ब नाफा कमायो

काठमाडौं । नेपाल आयल निगमले १ बर्षको अबधीमा १३ अर्ब नाफा कमाएको छ । कोरोना महामारीको कारण इन्धनको खपतमा कमी आउँदा समेत निगमको नाफा बढेको हो ।
आयल निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब नाफा निगमले कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड नाफा कमाएको हो ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले बताएका छन ।
लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले गत आव २०७२र७३ मा १९ अर्ब ३६ करोड, आव २०७३र७४ मा ९ अर्ब ४५ करोड, २०७४र७५ मा तीन अर्ब ५८ करोड, २०७५र७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६र७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।