सोमबार ५५७८ जनाको पिसिआर परीक्षण, ६५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमबार थप ७ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।
शनिबार मात्र ७ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ । हाल ३ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन ।