अरुण-३ ले माग्यो ७० जना कर्मचारी, माघ २ गतेभित्र आवेदन दिनुपर्ने « Arthapath.com
१३ पुष २०७७, सोमबार

अरुण-३ ले माग्यो ७० जना कर्मचारी, माघ २ गतेभित्र आवेदन दिनुपर्ने



काठमाडौं । एसजेविएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ७० जना कर्मचारी माग गरेको हो ।

सिभिल, इलेक्ट्रिक तथा आइटी इन्जिनियर पदका लागि कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, इन्जिनियर, मानव संसाधन व्यवस्थापन र फाइनास्सतर्फ गरी २० जना कर्मचारी र सिभिल, इलेक्ट्रिकल, मेकानिकल तथा आइटी इन्जिनियरिङ र भुगर्वसास्त्रमा स्नातक गरेका ५० जना प्रशिक्षार्थी कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले माघ २ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने छ ।

विज्ञापनकाे थप जानकारीका लागि यसमा क्लिक गर्नुहाेस्


प्रतिक्रिया दिनुहोस्