फटाफट सेवा संचालनमा, १० प्रतिशत कर फिर्तासँगै छुट माथि छुट अफर « Arthapath.com
१५ पुष २०७७, बुधबार

फटाफट सेवा संचालनमा, १० प्रतिशत कर फिर्तासँगै छुट माथि छुट अफर



जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा उपस्थिती जनाएको छ । कोरोना कहरका बिच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात गरिएको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार उपस्थिती जनाएको फटाफट सेवाले छुट माथि छुट अफर समेत सञ्चालन गर्नेछ ।


‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामानहरु अनलाइन मार्फत खरिद गर्न चाहनेहरुका लागि विभिन्न योजना सहित सेवा सुरु गरिएको फटाफट सेवाले जनाएको छ । फटाफट सेवा प्रालिले सञ्चालन गरेको इकमर्श प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिन्छ भने शुन्य प्रतिशत व्याजदर र डाउन पेमेण्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिन्छ ।


फटाफट सेवा प्रालिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्षमा सेवा सुरु गरेको अवसरमा ग्राहकलाई सरल किसिमले किस्ताबन्दीमा सामान उपलब्ध गराउनुका साथै हरेक मोबाइलको बीमा सेवा सुरु गरिएको हो । अजोड इन्स्योरेन्ससँगको मोबाइल बीमा सम्झौता अनुसार फटाफट सेवाबाट खरिद गरिने हरेक मोबाइलको बीमा गरिने श्रेष्टले जानकारी दिए । मोबाइल हराएको खण्डमा, डिस्प्ले फुटेको खण्डमा वा चोरी भएको खण्डमा सो वापतको क्षतीपुर्ती भुक्तान हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।


छुटै छुट अफर अन्तरगत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’ को व्यवस्था गरिएको छ । यस्तो प्रकारको सुविधा नेपालमै पहिलो पटक प्रदान गर्न लागिएको फटाफट सेवाको दाबी छ ।


त्यसै गरी अनलाइन पेमेन्ट गर्नेहरुलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको फटाफट सेवाले विभिन्न भुक्तानी सेवा प्रदायकहरुसँग सम्झौता गरे भुक्तानी सेवा सुचारु गरेको छ । फटाफट सेवाबाट खरिद गरेका सामाग्रीहरुको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने र उल्लेखित माध्यमबाट भुक्तानी गर्नेहरुलाई मात्र १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।


यसका अलावा फटाफट सेवाले मोटरसाइकल तथा स्कूटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्