साना किसानको नवनियुक्त सञ्चालक श्रेष्ठद्धारा सपथ ग्रहण « Arthapath.com
१६ पुष २०७७, बिहीबार

साना किसानको नवनियुक्त सञ्चालक श्रेष्ठद्धारा सपथ ग्रहण



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नवनियुक्त स्वतन्त्र सञ्चालक महेन्द्र प्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । संस्थाका नवनियुक्त सञ्चालक श्रेष्ठले पुस १६ गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

श्रेष्ठले सञ्चालक समिति बैठकमा अध्यक्षबाट सपथ लिएका हुन् । श्रेष्ठलाई पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्