नेपाली सेनाले माग्यो ३ सय नयाँ कर्मचारी, माघ २१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाली सेनाले विभिन्न पदको लागि झन्डै ३ सय नयाँ कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले २ सय ९४ जना नयाँ कर्मचारी माग गरेको हो ।
नेपाली सेनाले विभिन्न ११ वटा पद लेखा जमदार, पुजारी, अमल्दार, बन्दोबस्ती कार्य सिपाही, सूचीकर, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र शयेश पदको लागि कर्मचारी माग गरेको हो । जसमध्ये सेनाले बन्दोबस्ती कार्य सिपाहीमा ९६ जना माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ २१ गतेसम्म र दोब्बर दस्तुरमा माघ २८ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

