प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ यो पार्टी छोरी बुहारीको होइन, संसद चुनावबाटमात्रै व्यूतिन्छ « Arthapath.com
२४ पुष २०७७, शुक्रबार

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ यो पार्टी छोरी बुहारीको होइन, संसद चुनावबाटमात्रै व्यूतिन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीक पार्टी आफुले नेतृत्व गरेको नेकपा नै आधिकारीक भएको बताएका छन । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित ओली पक्षिय बिशाल सभालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको आधिकारीकता आफु पक्षले पाउने दावी गरे ।

प्रधानमन्त्रीले सुदुरपश्चिमका जनतालाई संबोधन गर्दै भने नेकपाको अधिकारीकतामा कुनै दुविधामा नपर्न आग्रह गरे । आफु असलि नेकपा भएको भन्दै यो पार्टी छोरी बुहारीलाई माथी लैजानको लागी जनताको त्यग र बलिदानबाट सृजित पार्टी होइन ।

प्रचण्ड कमरेडका छोरी र बुहारी र परिवारको पक्षमा मात्रै लाग्ने नेता भएको आरोप गलाएका छन । ओलीले दुई तिहाईको मम्युनिष्ठ सरकार बनाउन प्रचण्ड काम लाग्छन कि भनेर पार्टीमा ल्याएको बताए । आफुले जुन उदेश्यले पार्टीमा ल्याएँ काम लागेन ।

संसद पुनस्थापन हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्थापना कुनै हालतमा नहुने बताए । उनले जसले संसद पुन स्थापना हुन्छ भनेको छ उसलाई राम्ररी संविधान पढ्न आग्रह गरे । आफुमाथी षडयन्त्र हुन थालेपछि संसद विघटन गर्न बाध्य भएको बताए । ६४ प्रतिसतको सर्वसम्मत नेता प्रधानमन्त्रीले सिफारिस गरेर विघटन भएको संसद व्यूतिदैन । अव प्रतिनिधिसभा अव चुनावबाटमात्रै व्यूतिने प्रधानमन्त्री ओलीले ठोकुवा गरे । उनले निर्वाचन बैसाख १७ र २७ गते नै हुन्छ ।


प्रतिक्रिया दिनुहोस्