नेपालको धेरै तलब सुविधा लिने महिला खुञ्जेली, वार्षिक पौने २ करोड रुपैयाँ बुझिन् « Arthapath.com
२८ पुष २०७७, मंगलवार

नेपालको धेरै तलब सुविधा लिने महिला खुञ्जेली, वार्षिक पौने २ करोड रुपैयाँ बुझिन्



काठमाडौं । नेपालमा धेरै तलब सुविधा लिने महिलामा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली हुन् । उनले वार्षिक तलब, भत्ता सहितको सुविधा बापत गत आर्थिक वर्ष पौने २ करोड रुपैयाँ लिएकी छिन् । सम्भबतः नेपालमा सबैभन्दा धेरै तलब बुझ्ने महिला मध्येमा उनी नै पहिलो महिला हुन् ।

नेपालमा सरकारी क्षेत्रमा सबैभन्दा धेरै तलब खाने राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ छ । राष्ट्रपतिको वर्षभरीको तलब र दसैंभत्तासमेत जोडेर १३ महिनाको हिसाब गर्दा २३ लाख ७ हजार ९ सय रुपैयाँ हुन्छ ।

तर, वाणिज्य बैंकहरुमध्ये एक मात्र महिला सिइओ खुञ्जेलीले आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड ७० लाख रुपैयाँ तलब सुविधा लिएकी छन् ।

उनको मासिक तलब ७ लाख ८४ हजार रुपैयाँ छ । त्यो बाहेक अन्य सुविधा, बोनस, दसैं भत्ता, कल्याणकारी कोषबापत अन्य रकम बुझेकी हुन । खुञ्जेलीले दसैंभत्ता ८ लाख ५० हजार रुपैयाँ, कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार रुपैयाँ बुझेकी छिन् । यसबाहेक उनले गाडी सुविधा, चालक, मोबाइल खर्च, बिमा र ऐनबमोजिम बोनससमेत प्राप्त गर्छिन् ।

खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापक पनि हुन् । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका क्रममा संघले सन् २०२०मा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीलाई ‘बेष्ट वुमन म्याजेजर अफ दि इयर’को रुपमा सम्मानित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्