रसुवागढीमा ५३ जना कर्मचारी माग, यसरी दिन सकिन्छ आवेदन « Arthapath.com
६ माघ २०७७, मंगलवार

रसुवागढीमा ५३ जना कर्मचारी माग, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाले ५३ जना कर्मचारी माग गरेको छ । आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रो पावर कम्पनीले एक जना मेकानिकल इन्जिनियर तथा ठेकेदार चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले ५२ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरे अनुसार जसमा तह–७ का लागि १ जना मेकानिकल इन्जिनियरको माग भएको छ । मेकानिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । योग्यता पुगेको इच्छुक व्यक्तिले मेकानिकल इन्जिनियरिङमा स्नातक गरेको शैक्षिक प्रमाणपत्र र कार्यानुभव प्रमाणपत्रको प्रतिलिपिलगायत आवश्यक कागजातसहित माघ १९ गतेभित्र कम्पनीको कार्यालयमा आवेदन दिनुपर्ने छ ।

ठेकेदार कम्पनीले आयोजना व्यवस्थापक, लेखापाल, सुपरभाइजर, सिभिल तथा मेकानिकल वक्र्स हेर्ने प्राविधिक पद खाली रहेकाले करार सेवामा पदपूर्ति गर्न आवेदन खुलाइएको छ । ठेकेदार कम्पनीमा १ जना आयोजना व्यवस्थापक, १ जना लेखापाल, ५ जना सुपरभाइजर पदका लागि पनि आवेदन मागेको हो ।

२५ जना सिभिल, १५ जना मेकानिकल र ५ जना उकपरण जडान गर्ने प्राविधिकको पनि पदपूर्ति गरिने भएको छ । यी पदका लागि इन्छुक योग्य व्यक्तिले आवश्यक कागजातसहित माघ ९ गतेभित्र आवेदन दिनु पर्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्