समृद्धि फाइनान्समा रोजगारीको अवसर, माघ १२ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । समृद्धि फाइनान्समा रोजगारीको अवसर रहेको छ । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको हो । कम्पनीले सिनियर असिस्टेन र असिस्टेन पदको लागि कर्मचारी मागेको हो ।
कम्पनीले इन्फरमेसन टेक्नेलेजी यूनिट काठमाडौंको लागि कर्मचारी माग गरेको जनाएको छ । सूचना प्रविधिमा स्नातक गरेको ब्यक्तिले आवेदन दिन सक्नेछन् ।
१८ बर्षदेखि ३५ बर्ष ननाघेको इच्छुक नेपाली नागरिकले आवेदन दिन आह्वान गरेको छ । माघ १२ गतेसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले सूचना जारी गरि जनाएको हो ।
