शुक्रबारदेखि अनलाइनबाटै अनलिमिटेड लाइसेन्सको फर्म भर्न सकिने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि शुक्रबार अनलिमिटेड अनलाइन फर्म भर्न सकिने व्यवस्था गर्ने गरेको छ । यातायात व्यवस्था विभागले सूचना जारी शुक्रबारदेखि अनलिमिटेड अनलाइन फर्म भर्न सक्ने जनाएको हो ।
विभागले आइतबारबाट अनलिमिटेड फाराम भर्न सक्ने भनिएको थियो । तर, प्राविधिक कारणले गर्दा आइतबारबाट शुरु गर्ने नसकेको हुनाले सबै प्राविधिक तयार गरी भोलिबाट सूचारु गर्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।
विभागले हालसम्म लाइसेन्सको आवेदन फारम भर्नको लागि कोटा सिस्टम तोकेको थियो । उक्त कोटा सिस्टमको समयमा सहज ढङ्गबाट फारम भर्न नसकेको गुनासो सेवाग्राहीबाट आएपछि अनलिमिटेड फारम भर्न सक्ने व्यवस्था मिलाएको भुसालले बताए । तर, शुक्रबारबाट भने बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन् ।
