भायानेटले ल्यायो EMI अफर

काठमाडौं । ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भायानेटले EMI अफर ल्याएको छ ।
EMIअफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी EMI अर्थात् मासिक किस्ता बन्दीमा सरल रुपले शुल्क तिर्न सकिने प्रावधान रहेको कम्पनीले जनाएको छ ।
यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक भ्ःक्ष् मात्र १९५६ तिरेमा पाउनुहुनेछ १२ महिनाको अवधिको ३० ःदउक इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटासेट–टप–बक्स(वैकल्पिक) सहित । EMI अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ ।
यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने कम्पनिले जनाएको छ । यसरी EMI मा पैसा तिर्दा ग्राहकहरुले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिक रुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ ।