जनगणनाका लागि २९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो, यसरी दिन सकिन्छ आवेदन « Arthapath.com
११ माघ २०७७, आईतवार

जनगणनाका लागि २९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो, यसरी दिन सकिन्छ आवेदन



काठमाण्डौ । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ ।


केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको जानकारी समेत दिएको छ

विभागले करिब २९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरीने समेत विभागले जनाएको छ ।

त्यसका लागी २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत सबडोमेन  www.censushrms.cbs.gov.np  तथा केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट www.cbs.gov.np   मा गएर भर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्