स्वावलम्बन लघुवित्तको निमित्त सीईओमा चौलागाँई

काठमाडौं । स्वावलम्बन लघुवित्तको निमित्त सीईओमा चौलागाँई नियुक्त भएका छन् । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्रमणि चौलागाँई नियुक्त गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बश्यालले राजिनामा दिएपछि सीइओ पद खालि रहेको थियो ।
माघ ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको विभागीय प्रबन्धक चौलागाँईलाई निमित्त सीईओ पदमा नियुक्त गरेको हो । अर्काे निर्णय नभएसम्म चौलागाँईले संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।