वर्ल्डलिंकले नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने

डिजिटल नेपाल निर्माण गर्न सरकारको उद्देश्य लाई पछ्याउँदै, नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ ।
यी डाटा सेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको छ । १४ डाटसेन्टरहरू मध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो , अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डाटासेंटरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ । यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हनेछन । यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र सम्पूर्ण देशलाई लाई चाहिने सूचना प्रबिधि , दुरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ ।
आगामी ३ बर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्ने छ । यसको उद्देश्य हाम्रो ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु हो। यी इन्टरनेट डाटासेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउनेछन ।
सरकारी र निजी संस्थाहरूले उनीहरूकोे डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु संचालन गर्न एउटा धेरै नै सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्नेछन । वर्ल्डलिंकले डाटासेन्टर निर्माणमा नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण तथा नेपाल सरकार संग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधार को रुपमा स्थापित हुनेछ ।