सूर्या लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले दिए राजिनामा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका दूई जना सञ्चालकले राजिनामा दिएका छन ।
ग्लोबल ट्रेडिङ कन्सर्न प्रालिको प्रतिनिधित्व गर्ने डा बिनोद आत्रेय र एशियन डिष्ट्रिब्यूटर्स प्रालिको प्रतिनिधित्व गर्ने बीरेन्द्र बाबु श्रेष्ठले सञ्चालक पदबाट राजिनामा दिएका कम्पनिले जानकारी दिएको छ ।
कम्पनीले क्रमशः माघ १४ र १५ गतेदेखि लागू हुने गरी उनीहरुको राजिनामा स्वीकृत भएको कम्पनिले जनाएको छ ।