जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा « Arthapath.com
२२ माघ २०७७, बिहीबार

जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा



काठमाडौं । २२ टीभीएस मोटरसाइकलद तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सप्रा.लि.ले “डाउनलोड एन्ड विन”अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिना सम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशानामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।हामी नेपालको एक प्रमुख मोटरसाइकलका वितरक जगदम्बा मोटर्स टिभीसँग साझेदारीमा रहेकोमा गर्व गर्दछौं। हामीले यस अभियानभरि नै उत्साह जनक सहभागीता पाएका थियौं र हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन् । हामी आगामी दिनमा टिभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरुप्रदानगर्न चाहन्छौं, ”एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले भने ।

हाम्रा ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साह प्रदान गर्न टिभीएसँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रति आभारी रहेको उनले बताए ।हामी देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी छौं । हामी यो अभियानमा सहभागीभएर यसलाई सफलबनाउन सहयोग गर्ने सबैलाई धन्यवाददिन चाहान्छौं, जगदम्बामोटर्सका जनरल म्यानेजर–सेल्स् एण्ड बिजनेस डेभ्लपमेन्टदीपक प्रसाद रौनियारले भने ।”


प्रतिक्रिया दिनुहोस्