भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस् :विवेकशील साझा पार्टी « Arthapath.com
२५ माघ २०७७, आईतवार

भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस् :विवेकशील साझा पार्टी



काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील साझा पार्टीले आफुहरु मर्माहत भएको जनाएको छ ।

हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग विनम्र अनुरोध गरेको पार्टीले जनाएको छ ।
यसै क्रममा न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा हाम्रो एकेबद्धता छ। तर यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टी सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन चाहेको पार्टीले जनाएको छ ।

सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ। विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्