२४ प्रतिशतले बढ्यो सबैको लघुवित्तको खुद नाफा « Arthapath.com
२८ माघ २०७७, बुधबार

२४ प्रतिशतले बढ्यो सबैको लघुवित्तको खुद नाफा



काठमाडौं । सबैको लघुवित्तको खुद नाफा २४ प्रतिशतले बढेको छ ।
कम्पनिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४.३६ प्रतिशत भन्दा धेरै खुद नाफा कमाएको छ ।

पुस मसान्तसम्म संस्थाले ३ करोड ४ लाख भन्दा बढी खुद नाफा कमाएको कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण उल्लेख गरिएको छ ।

विवरण अनुसार अघिल्लो आर्वको तुलनामा यो ५९ लाख ६३ हजार रुपैयाँ बढी हो । गएको बर्ष कम्पनिले खुद नाफा २ करोड ४४ लाख रुपैयाँ मात्रै आर्जन गरेको थियो ।

कम्पनिको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँ हाल कायम छ । त्यस्तै गरि ६ करोड ६३ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ । गएको बर्ष कम्पनिको जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ मात्रै रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्