निरन्तर उकालो लागेको सुनको मूल्य विहीबार घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२९ माघ २०७७, बिहीबार

निरन्तर उकालो लागेको सुनको मूल्य विहीबार घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । विहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, विहीबार तेजावी सिुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, विहीबार चाँदीको तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य स्थिर रहेर तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ४० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्