बैंकअफ काठमाण्डू को “भ्यालेन्टाइन डे” अफर « Arthapath.com
२९ माघ २०७७, बिहीबार

बैंकअफ काठमाण्डू को “भ्यालेन्टाइन डे” अफर



काठमाडौं । बैंकअफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहक हरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि EMI सुबिधा ल्याएको छ ।

सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदको लागि EMI सुबिधा ल्याएको छ ।
यस EMI सुबिधामा ग्राहकहरुले रु. ४० हजार देखी रु. ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन ।


साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहक महानुभावहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नुहुनेछ र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ ।


बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्