नेपाल राष्ट्र बैंकले घटायो ग्रीन डेभलपमेन्ट बैंकको लाभांश

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घटाएको छ । बैंकका लगानीकर्ताले अब ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत मात्र लाभांश पाउने भएका छन् ।
यसअघि बैंकले ४.८५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.११ प्रतिशत लाभांश दिने निर्णय गरेको भएपनि नेपाल राष्ट्र बैंकले सेयर प्रिमियमबाट १ प्रतिशत तथा सञ्चित नाफाबाट २.८० प्रतिशत गरी कुल ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश मात्र वितरण गर्न प्रारम्भिक स्वीकृति दिएपछि लाभांश घटेको हो ।
संसोधन लाभांश फेरि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।