नेपाल टेलिकमको आम्दानी १ अर्ब ६९ करोड रुपैयाँले घट्यो, प्रतिशेयर आम्दानी ६६ रुपैयाँबाट घटेर ४३ रुपैयाँ ८६ पैसामा सिमित « Arthapath.com
३० माघ २०७७, शुक्रबार

नेपाल टेलिकमको आम्दानी १ अर्ब ६९ करोड रुपैयाँले घट्यो, प्रतिशेयर आम्दानी ६६ रुपैयाँबाट घटेर ४३ रुपैयाँ ८६ पैसामा सिमित



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमो ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँले खुद नाफामा गिरावट आएको हो ।

त्यस्तै, यस अवपधिमा कम्पनीको बिक्री आम्दानी १८ अर्ब ३ करोड रुपैयाँबाट घटेर १७ अर्ब ७२ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, टेलिकमको अन्य आम्दानी पनि ३ अर्ब ८८ करोड रुपैयाँबाट घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, कम्पनीको भुक्ता पूँजी १५ अर्ब रुपैयाँ र जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको यस अवधिमा चुक्ता पूँजी १५ अर्ब नै रहेको थियो भने जगेडा कोषमा ७६ अर्ब ८४ करोड रुपैयाँ थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६५ रुपैयाँ ८६ पैसा रहेकोमा चालु बर्षमा ४३ रुपैयाँ ८६ पैसामा सिमित भएको छ । टेलिकमको प्रतिशेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्