कुमारी बैंक तथा टाइटन जिम एन्ड फिटनेस बीच भयो यस्तो सम्झौता

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरी आफ्ना सेवा ग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने प्रावधान गरेको छ ।
यो सम्झौता अन्तर्गत् कुमारी बैंक लिमिटेडमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५%, त्रैमासिक सदस्यतामा १०%, अर्धवार्षिक सदस्यतामा १५%, तथावार्षिक सदस्यतामा ३०% छुट प्राप्त गर्ने प्रावधान छ ।
कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारी पाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यतालिई यो सुविधाबाट लाभलिन हुने बैंकले जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ ।