जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन



काठमाडौं । सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्धेश्य लिएर स्थापना भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झण्डै चार बर्ष निश्कृय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्धारा संयुक्तरुपमा काउन्सिलको गठन गरिएको हो । काउन्सिलमा यी तीनैवटा संस्था सदस्य छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार काउन्सिलले यी तीनैवटा संस्थाको छाता संस्थाकारुपमा कार्य गर्ने छ । यसको नेतृत्व चक्रिय प्रणाली अनुरुप हुने सहमति तीन महासंघवीच भएको छ । तत्कालकालागि रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन यसको संयोजक तोकिनु भएको छ । एक बर्ष पश्चात नेतृत्व नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सम्हाल्नुहुने छ । त्यस पश्चात हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सम्हाल्ने सहमति भएको छ ।

यो संस्थाको सक्रियता सँगै सुन तथा चाँदीको गरगहना र तीनको कारोबार, आपूर्ति एवं निर्यात प्रवद्र्धनका क्षेत्रमा कार्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस्