नेपाल राष्ट्र बैंक २ अर्ब रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । फागुन ३ गते, सोमबार ३ बजे बोलकबोल भएर फागुन ४ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त ट्रेजरी बिल २०७८ साल जेठ ४ गते परिपक्क हुने छ ।
