आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गरियो: प्रधानमन्त्री « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गरियो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि १ वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए ।

सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।”

‘राजजूत नियुक्त गर्न दिँइदैन। आफ्नै दलका सांसदले संसदीय समितिमा पुगेको प्रक्रिया अड्काउँछन्। विकासको गतिलाई अवरोध र्पुयाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यसखालका अफ्ठ्याराहरूबाट जानुर्पयो।’


प्रतिक्रिया दिनुहोस्