मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षा (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७।०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले आइतवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो । आर्थिक वर्ष २०७७।०७८ को मौद्रिक नीति २०७७ साउन २ गते सार्वजनिक गरिएको हो ।
वार्षिक मौद्रिक नीतिले तय गरेका आर्थिक एवम् मौद्रिक लक्ष्यलाई कायम राख्दै २०७७ मंसिर १८ गते प्रथम त्रैमासिक समीक्षा गरिएको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा समष्टिगत आर्थिक एवम् वित्तीय परिसूचकहरू सकारात्मक रहेका छन् । मुद्रास्फीति नियन्त्रित रहेको छ भने शोधनान्तर बचतमा रहेको छ ।
file:///C:/Users/Personal/Downloads/2077-78-Half-yearly-review.pdf










