लगानी गर्न तयारी हुनुहोलाः १६ कम्पनीको सवा ६ अर्बको आइपीओ आँउदै « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

लगानी गर्न तयारी हुनुहोलाः १६ कम्पनीको सवा ६ अर्बको आइपीओ आँउदै



काठमाडौं । पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको छ । प्राथमिक सेयर (आइपीओ) मा लगानी गर्दा घाटा बहर्नु नपर्ने भएकाले लगानीकर्ता यसमा आकर्षित हुन थालेका हुन् । सेयर बजारमा विभिन्न १६ कम्पनीको ६ अर्ब १७ करोड १७ लाख ९७ हजार ७२० रुपैयाँ बराबरको ६ करोड १६ लाख ३६ हजार ४३६ कित्ता आईपीओ निष्काशन गर्नका पाइपलाइनमा रहेका छन् ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी समेत बोर्डको पाइपलाइनमा छन् । बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा ११ वटा जलविद्युत कम्पनी मात्रै रहेका छन् । भोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

ज्योती लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्न बोर्डको पाइप लाइनमा रहेको छ । रुरु जलविद्युत परियोजनाले पहिलो चरणमा फागुन ७ गतेबाट ४ लाख ७ हजार ७०५ कित्ता सेयर आयोजना प्रभावीत गुल्मी जिल्लाका स्थानीयलाई निष्काशन गर्ने भएको छ । परियोजनाले ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएपनि पहिलो चरणमा १० प्रतिशत सेयर आयोजना प्रभावितलाई निष्काशन गर्ने भएको छ । दोस्रो चरणमा सर्वसाधारणलाई २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँकादरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्