नेप्से साढे १५ अंकले बढ्यो, १० अर्ब बढिको कारोबार « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

नेप्से साढे १५ अंकले बढ्यो, १० अर्ब बढिको कारोबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ को अंकमा बन्द भएको छ । मंगलबार बैंकिङ्, विकास बैंक, अन्य र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

मंगलबार दिनभरिमा २०८ सय वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै नबिल बैंकको ५२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ४२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले १० प्रतिशतले दरले कमाएका छ भने मिर्मिरे माईक्रोफाइनान्सका लगाननीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । समुदायिक लघुवित्तका लगनीकर्ताले ६.१५ प्रतिशतका दरले गुमाएका छन् भने पाँचथर पावर कम्पनीका लगानीकर्ताले ५.६६ प्रतिशतका दरले गुमाए ।


प्रतिक्रिया दिनुहोस्