समृद्धि फाइनान्सको हकप्रद शेयर निष्काशन गर्न बिओके क्यापिटलसँग सम्झौता « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

समृद्धि फाइनान्सको हकप्रद शेयर निष्काशन गर्न बिओके क्यापिटलसँग सम्झौता



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ ।

कम्पनीको हालै सम्पन्न साधारण सभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिशेयर १०० ?पियाँ दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।

हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाह? काठमाडौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाह? मार्फत गर्दै आएको छ । निकट भविष्यमा थपशाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्