महिला लघुवित्तको आईपीओ भर्ने समय थप गरियो, मागभन्दा ५७.६६ गुणा बढी आवेदन « Artha Path
४ फाल्गुन २०७७, मंगलवार

महिला लघुवित्तको आईपीओ भर्ने समय थप गरियो, मागभन्दा ५७.६६ गुणा बढी आवेदन



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आइपीओमा भोलि फागुन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार आईपीओमा भोलि बुधबारसम्म आवेदन दिन सकिनेछ । गत शुक्रबार सार्वजनिक बिदा परेकोले आईपीओ आवेदन समय एक दिन थप गरिएको हो । यसअघि आईपीओ निष्कासन छिटोमा फागुन ४ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो ।

मंगलबारसम्म १२ लाख ४ हजार २८७ आवेदकले २ करोड १६ लाख २५ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५७.६६ गुणा बढी आवेदन परेको हो । हालसम्म २ अर्ब १६ करोड २५ लाख ६० हजार रुपैयाँ संकलन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो । जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको साधारण सेयर तथा आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्