माघमा वाणिज्य बैंकहरुले ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेर ३३ खर्ब १७ अर्ब पुग्यो

काठमाण्डौ । माघ महिनामा वाणिज्य बैंकहरुले ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेको नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले जनाएको छ । योसँगै बैंकहरुको कुल कर्जा प्रवाह ३३ खर्ब १७ अर्ब पुगेको एनबीएले जनाएको छ ।
त्यस्तै,बाणिज्य बैंकहरुले माघ महिनामा ४ अर्ब रुपैयाँले निक्षेप संकलन गरेर ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । पुससम्म बैंकहरुको कुल ३७ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । गत पुसमा बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो । पुसमा मात्रै बैंकहरुले १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
त्यसो माघको अन्तिम सातामै बैंकहरुले २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत माघ २३ मा बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा एकै सातामै बढेर ३३ खर्ब १७ रुपैयाँ पुगेको छ ।