ग्रीनलाइफको आइपीओ भोली ९ बजे बाँडफाँड गरिने, २ जना भाग्यमानीले ११ कित्ता पाउने, १० लाख बढिको हात खाली « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

ग्रीनलाइफको आइपीओ भोली ९ बजे बाँडफाँड गरिने, २ जना भाग्यमानीले ११ कित्ता पाउने, १० लाख बढिको हात खाली



काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड गरिने निष्काशन बिओके क्यपिटलका जानकारी दिएको छ । मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिबाट आइपीओ बाँडफाँड गरिने छ । गोला प्रथाबाट बाँडफाँट गरिने भएकाले ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ता सेयर पाउने छन् भने १० लाख ९११ जना आवेदकको हात खाली हुने छ । तर २ जना भाग्यमानी लगानीकर्ताले भने ११ कित्ता पाउने भएका छन् ।

सर्वसाधारणलाई सेयर निष्काशन गरेको ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागी कूल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा ७.३० गुणा बढी आवेदन दिएका हुन् ।

ग्रीनलाइफले कूल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्