राष्ट्रिय बीमा संस्थानलाई विगत दाँजेर हेर्दा उत्साहजनक छैनः अध्यक्ष सिलवाल « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

राष्ट्रिय बीमा संस्थानलाई विगत दाँजेर हेर्दा उत्साहजनक छैनः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले राष्ट्रिय बीमा संस्थाको विगत दाँजेर हेर्दा उत्साहजन नभएको बताएका छन् । बीमा संस्थानको ५४ औँ बार्षिकोत्सवको अवसर बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “बीमा संस्थानको विगत दाँजेर हेर्दाखेरि त्यति उत्साहजनक हामी पाउँदैनौ । यस कुराको हामीले कुनै न कुनै रुपमा जिम्मा लिनुपर्छ । कसैको भागमा धेरै र कसैको भागमा थोरै पर्ला तर हामी सबै जिम्मेवारी छौँ । एउटा लेखाको भौचर विग्र्यो भने कसलाई भन्ने ? म्यानेजमेण्टले जिम्मा लिने की कर्मचारीलाइ जिम्मा दिने हो ।”

कार्यक्रममा बोल्दै उनले बीमा संस्थानको समस्या समाधान गर्न संस्थानका अध्यक्ष र प्रशासकलाई विकल्प सहित आउन आग्रह गरे । बीमा संस्थानको समस्या समाधान गर्न तत्पर रहेको तर आफूलाई समस्या पर्नेगरि समाधान नगर्ने उनले बताए । उनका अनुसार तपाइहरुले ल्याएको डकुमेण्ट ल्याउनुहोस् तर मलाइ समस्यामा नपार्नुहोस्, समस्याका विकल्पहरु ल्याएर आउनुहोस् । तपाइहरुका कमिटमेण्ट हेर्छाै अनि मात्रै निर्णय दिन्छौ ।

कोरोना बीमाको दावी भुक्तानीले गर्दा बीमा बजारमा नकारात्मक प्रभाव परेको उनको बुझाइ छ । सरकारले यस पोलिशीलाई जारी गरेपनि भुक्तानीमा समस्या परेकाले यसको नकारात्मक प्रभाव बीमा बजारमा परेको उनको भनाई छ । “कोरोना बीमालाई सरकारले डिफेण्ड गर्यो, जसले बीमाको बजारलाई घट्दो अवस्थामा ल्यायो, त्यसको काम नभएको होइन यहाँ पत्रकाहरु पनि उपस्थित भएकाले सकारात्मक कुराहरु पनि लेख्नुपर्यो, भएको कुरालाई लेख्नुपर्यो ।”

बीमा बजारलाइ कसरी ब्यतित गर्न सक्छ, कसरी नियमित गर्न सक्छ, कसरी पारदर्शिकता गर्न सक्छ, कसरी नियन्त्रण गर्न सकिन्छ भनेर कार्य गरिरहेको अध्यक्ष सिलवालले बताए ।

बजार प्रतिस्पर्धात्मक भएकाले बीमा संस्थानले सरकारका निजामति कर्मचारी र सरकारी कर्मचारीबाट आएको बीमाबाट मेरो बीमाको पोलिशी यति धेरै भयो भनेर भन्ने दिन गएको उनको भनाई छ । अरुको कपी नगरि नयाँ–नयाँ प्रोडक्ट ल्याएर बीमा संस्थानले बजारमा प्रतिस्पर्धा गर्न उनले आग्रह गरे । बीमा संस्थानलाई कपी गर्नुपर्ने अवस्थामा संस्थालाई अगाडी बढाउन उनको आग्रह छ । उनले भने, “एउटै कानुनबाट जन्मेकोलाई तिर तान्न सक्दैन । जवसम्म यसले आफ्नो विगतलाई सामान्य बनाउँदैनौ तवसम्म हाम्रो सपोर्ट जारी रहन्छ । म अहिले पनि आह्वान गर्छु, तपाइहरु विकल्पसहित आउनुहोस् सरकारको संस्था भएकाले हाम्रो पनि प्रतिवद्धता हो भनेर हामी पनि सहयोग गर्छाै । तरअर्काे पल्ट आउँदा प्रतिबद्धता पुरा गरेको हुनुपर्छ ।”

कोरोना बीमाको दावी भुक्तानी हालसम्म साढे ३ अर्ब रुपैयाँ भैसकेको अध्यक्ष सिलवालले जानकारी दिए । यसको निरन्तरता दिनको लागि बीमा समितिले १ अर्ब र नेपाल बीमकले १ अर्ब रुपैयाँ दिएको उनले बताए ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कोरोना भुक्तानी यथासिघ्र रुपमा गर्न आग्रह गरे । यदि कोरोना बीमाको दावी भुक्तानी नगर्ने हो भने बीमा बजारलाई नकारात्मक प्रभाव पर्ने भएकाले यसको भुक्तानी गर्न उनको माग छ । उनले भने, जनतालाई भनिसकेपछि भुक्तानी गर्नुपर्छ, जनताको विश्वासघात गरेपछि विश्वास जित्न गाह्रो हुन्छ । त्यस्तै, बीमा संस्थान प्रविधिमैत्री रुपमा अगाडी बढ्नुपर्ने डेपुटी सीइओ शीवाकोटीले बताए ।


प्रतिक्रिया दिनुहोस्